संगीत

गीतकार पौडेललाई ‘राष्ट्रिय संगीतकर्मी सम्मान’

paudel

१५ असोज, काठमाडौं । गीतकार तथा संगीत ब्यवसायी शिव पौडेल ‘राष्ट्रिय संगीतकर्मी सम्मान’बाट सम्मानित भएका छन् । राष्ट्रिय नाचघरमा आयोजित ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड’मा पौडेललाई राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, निर्माता संघका अध्यक्ष आकाश अधिकारी,  कलाकार संघका अध्यक्ष रविन्द्र खड्का लगायतले सम्मान प्रदान गरे ।

‘तिमीबिना एक्लै भाछु म’, ‘स्याङ्जाली झापाली’, ‘तिमी कसको हुने होला’, ‘माया एउटासँग’, ‘म त तिम्रो मान्छे बन्न सकिनँ’, ‘बदलियौ तिमी’, ‘साँघुरो लाग्यो यो संसार’, ‘चरीले झैं गुँड’, ‘जहाँ छोड्यौ’, ‘झलिको आउँदैनर..’ पशुपति म्युजिकका हिट गीत हुन् भने  ‘भाग्य मिलेन’लगायत थुप्रै हिट गीत दिएका गीतकार पौडेल डेढ दशकदेखि नेपाली गीत–संगीतको व्यवसायमा समेत आवद्ध छन् । संगीत उत्पादन एवं बजार व्यवस्थापन गर्ने उदेश्यले ‘पशुपति म्युजिक प्रा. लि’ समेत संचालन गर्दै आएका पौडेलले पेशागत बिभिन्न संघसंस्थामा समेत आवद्ध छन् ।

२०७६ सालमा थाइल्याण्डमा आयोजना भएको ‘सुन्दरादेवी म्युजिक अवार्ड’ समारोहमा ‘सर्वोत्कृष्ट गीतकार’को अवार्ड प्राप्त गरेका उनको म्युजिक कम्पनी ‘पशुपति म्युजिक प्रा. लि’ ले २०७६ मै यूएईमा आयोजित ‘छायाछवि अन्तर्राष्ट्रिय अनर अवार्ड’ समारोहमा ‘सर्वोत्कृष्ट दथ म्युजिक कम्पनी’ को अवार्ड पाएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस