समाचार

पशुपतिको बाबामाथि खुकुरी हान्ने व्यक्ति पक्राउ

arrest

१५ असोज, काठमाडौं । काठमाडौंस्थित पशुपतिमा बाबामाथि खुकुरी प्रहार गरी फरार रहेको एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ स्थित पशुपतिको विश्वरुपा जाने बाटो छेउमा सन्तोष भन्ने बाबालाई खुकुरी प्रहार गरी फरार रहेका व्यक्तिलाई चितवनको जगतपुर घर भएका ३७ वर्षीय ताराबहादुर लामिछानेलाई पक्राउ गरिएको हो ।

उनलाई आज काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो । उनको साथबाट घटनामा प्रयोग भएको खुकुरी र झोला बरामद भएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *