समाचार

पर्सामा स्राेत नखुलेको साढे १५ लाख रुपैयाँसहित तीन जना पक्राउ

pakrau

१५ असोज, जनकपुरधाम । पर्सामा स्राेत नखुलेको साढे १५ लाख रकमसहित तीन जना पक्राउ परेका छन् । शुक्रबार पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका-२५ सिर्सियाबाट तीन जनालाई स्राेत नखुलेको रकमसहित पक्राउ गरेको हो । उनीहरूमध्ये दुई जना भारतीय नागरिक हुन् ।

भारतको पूर्वी चम्पारण थाना कंगेली १ बसतपुरका २५ वर्षीय विक्रम पटेल,  मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विशेष सूचनाको अधारमा सिर्सिया छोटी भन्सार हुँदै भारतबाट आउँदै गर्दा पक्राउ गरेको बताइएको छ । तीनवटा मोटरसाइकलमा सवार उनीहरूले हेल्मेटभित्र लुकाइछिपाई ल्याएको स्राेत नखुलेको सो रकम बरामद भएको हो । मोटरसाइकलसहित नियन्त्रणमा लिई उनीहरूमाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस