राजनीति

फेरि माओवादी एकता आवश्यक : प्रचण्ड

prachanda

१५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः माओवादी एकताको आवश्यकता रहेको बताएका छन् । नेपाल प्रज्ञा भवनमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले माओवादीमा नयाँ आधारको नयाँ एकता खोज्ने अवस्था आइपरेको बताए ।

“माओवादी जनयुद्धलाई भ्रष्टीकरण, टुक्राटुक्रा बनाउने काम भयो । जुन् हामी सबैमिलेर लडेका थियौँ,” मञ्चमा बसेका पार्टीका पूर्व सहकर्मी बाबुराम भट्टराईसहितका नेताहरूलातरफ संकेत गर्दै उनले भन, “आज हामीबीच एकताको खोजीको आवश्यक्ता छ ।”

उनले छुट्टिएर गएका नेताहरू एक ठाउँमा उभिएर एकताको खोजी गर्न सकिने बताए । नयाँ एकताका लागि आत्मासमिक्षा सबैले गर्नुपर्ने उनको जोड थियो । “आत्म समीक्षाबाट त्यो नयाँ एकता सम्भव छ,” उनले भने । अध्यक्ष प्रचण्डले पार्टी एक बनाउन मोहन विक्रम, नेत्रविक्रम चन्द विप्लव, डा. बाबुराम भट्टराई लगायतका नेताहरूसँग निरन्तर संवाद भइरहेको पनि बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस