समाचार

काठमाडौं उपत्यकामा थपिए ३५९ कोरोना संक्रमित

kathmandu check point

१५ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५९ जना कोरोना संक्रमित थपिएका छन् । आज काठमाडौंमा २६६, भक्तपुरमा ३१ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४ हजार ४०८ पुगेको छ ।

आज देशभर १६ हजार ८८१ जना होम आइसोलेसनमा, एक हजार २३४ जना संस्थागत आइसोलेसनमा, ३५४ जना आईसीयू तथा ११६ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस