१६ असोज, काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच सिधा हवाई उडानमा चासो देखाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँगको भेटमा उनले यस्तो चासो देखाएका हुन् ।
नेपालबाट २७ किलोमिटर टाढा रहेको बंगलादेश र नेपालबीच सिधा हवाई उडानको सम्भावना रहेको राजदूत चौधरीले बताए । उनले विराटनगर विमानस्थलबाट नेपाल–बंगलादेशीबच हवाई उडानको सम्भावना रहेको बताएका हुन् ।
दुई देशबीच सिधा हवाई सुरु भएमा दिपक्षीय व्यापार वृद्धि हुने समेत उनको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस