समाचार

ट्रकको ठक्करबाट जनज्योति क्याम्पस स्ववियु पूर्वसचिवको मृत्यु

chaudhari

१६ असोज, रौतहट । पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक युवकको ज्यान गएको छ । गएराती भएको दुर्घटनामा  चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको  ज्यान गएको हो ।

गएराति करिब ९ बजे चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै ट्रकले मोटरसाइकल लाई ठक्कर दिएको थियो । युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चौधरीको ज्यान गएको हो । मृतक चौधरी जनज्योती बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव हुन् ।

ट्रक चालक नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *