मुख्य समाचार

थपिए ८६७ कोरोना संक्रमित, ९ जनाको मृत्यु

covid 19 swab test

१६ असोज, काठमाडौं । नेपालमा थप ८६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार देशभर पाँच हजार ५९८ पीसीआर परीक्षण गरिएकोमा ६५९ जना र दुई हजार ३२१ एन्टिजेन परीक्षणका क्रममा २०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८८ हजार ५४७ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय ५७ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप एक हजार १ सय २३ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६७ हजार ८ सय १९ संक्रमित निको भएका छन् । हाल नेपालमा १७ हजार ६४२ सक्रिय संक्रमित आइसोलेसन र २ सय ३९ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *