स्वास्थ्य

स्वस्थ रहन तौल घटाउनु भन्दा व्यायाम गर्नु बढी महत्वपूर्ण

weight loss

१७ असोज, काठमाडौं । तौल घटाउनु नभएर नियमित एक्सरसाइज गर्नुले हामीलाई स्वस्थ र लामो जीवन दिलाउन सक्ने नयाँ रिसर्चले देखाएको छ । एरिजोना स्टेट युनिभर्सिटी अफ फिनिक्सका ग्लेन गेसेयेरको नेतृत्व गरिएको यस रिसर्चमा फिटनेस, तौल, मुटुको स्वास्थ्य र लामो आयु बीचको सम्बन्धबारे लामो विश्लेषण गरिएको थियो ।

यसैको नतिजामा व्यक्तिको तौल बढी भएपनि या मोटोपना नै भएपनि डायटिङ अथवा तौल घटाउनुको तुलनामा नियमित एक्सरसाइज गरिरहनुले विशेषगरी मुटुको रोग र अकालमै मृत्युबाट जोगाउने पत्ता लागेको हो । डायटिङ लगायत तौल घटाउने अरु उपायको तुलनामा एक्सरसाइज धेरै लाभदायक भएको यसले स्प्ष्ट पारेको छ । त्यसैले तौल नघटेपनि नियमित एक्सरसाइज गर्न जरुरी रहेको बताइएको छ ।

गेसेयेरले शारीरिक क्रियाकलापले व्यक्तिको शरीरमा केकसरी असर पार्दछ भन्नेबारे दशकौँ अध्ययन गरेका छन् र उनका अनुसार फिटनेसमा सुधार ल्याउनु या तौल गुमाउनुको तुलनामा एक्सरसाइजले शरीरमा पार्ने प्रभाव अधिक सकारात्मक हुन्छ ।

एक्सरसाइजले अन्ततः व्यक्तिलाई फिट राख्न र तौल घटाउन पनि मद्दत गर्ने हुँदा तौल कम गर्न चाहनेहरुले खाना नियन्त्रित गर्ने या डायटिङ जस्ता उपायको सट्टा एक्सरसाइज गर्दा नै स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

रिसर्चका अनुसार एक्सरसाइज गर्दा व्यक्तिको तौल नघटेपनि यसले अकाल मृत्युको जोखिमलाई ३० प्रतिशतले कम गराउन सक्छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस