राजनीति

जुम्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सकियो : दुवै क्षेत्रमा पौडेल समूहको प्यानल

congress flag

१७ असोज, काठमाडौं । जुम्लामा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएको छ । उद्घाटन सकेर भएको निर्वाचनमा पौडेल पक्षका सभापतिसहितको प्यानल निर्वाचित भएको छ ।

एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रदेशसभा ‘क’ मा लक्ष्मण बोहोराको टिम निर्वाचित भएको छ । प्रदेशसभा निर्वाचन ‘ख’ मा पौडेल पक्षकै कालिबहादुर बुढाको टिम निर्वाचित भएको छ ।

जिल्ला अधिवेशन भने जुम्लामा भइसकेको छैन । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन एकैदिन हुन्छ । जिल्ला सभापतिले महाधिवेशन महासमिति सदस्यको निर्वाचन लड्न पाउँदैनन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस