विश्व/प्रवास

ब्राजिलमा राष्ट्रपतिलाई हटाउन माग गर्दै हजारौँ मानिसद्वारा प्रदर्शन

Brazil protest

१७ असोज, काठमाडौं । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोको विरोधमा हजारौँ मानिस सडकमा उत्रिएका छन् । देशमा चुनाव हुनु ठिक एक वर्षअघि विपक्षी दलहरू र ट्रेड युनियनहरूले विरोध प्रदर्शनको आयोजना गरेका हुन् ।

ब्राजिलका धेरै नागरिक महामारी व्यवस्थापनसम्बन्धी राष्ट्रपतिको भूमिकाप्रति आक्रोशित छन् । ब्राजिलमा कोभिड–१९ महामारीका कारण ६ लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

शनिबार देशका १६० भन्दा बढी सहर तथा नगरहरूमा प्रर्दशन गरिएको थियो । प्रदर्शनकारीहरूले बोल्सोनारोको निष्कासनको माग गरेका थिए । ब्राजिलको संसद्मा बोल्सोनारोलाई महाअभियोग लगाउन १०० भन्दा बढी प्रस्तावहरू दर्ता गरिएका छन् । तर, यसका नेताले ती प्रस्तावहरूलाई अघि बढाउन अस्वीकार गरेका छन् ।

बोल्सोनारो हालैको जनमत सर्वेक्षणमा पछाडि परिरहेका छन् । एटलस इन्स्टिट्युटले गरेको एक जनमत सर्वेक्षणअनुसार ६१ प्रतिशतभन्दा बढीले उनको सरकारको प्रदर्शन खराब वा धेरै खराब भएको बताएका छन् । जबकि, उनले पहिलोपटक सन् २०१९ जनवरीमा पदभार ग्रहण गर्दा यस्तो प्रतिक्रिया दिने २३ प्रतिशत थिए । बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस