सेयर मार्केट

साहस ऊर्जाको आईपीओ बाँडफाँड, १७ लाख ३९ हजार बढीले पाएनन्

ipo

१७ असोज, काठमाडौं । साहस ऊर्जाको धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आइतबार बिहान आईपीओ बाँडफाँड गरेको हो ।

बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार साहस ऊर्जाको आईपीओमा कुल २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएका थिए । जसमध्ये ११ हजार ९९६ जनाको आवेदन रद्द भएको थियो । २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको छ ।

सदर भएको आवेदनमध्ये धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार गोलाप्रथाबाट बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवेदकले १० कित्ता सेयर पाएका छन् । १७ लाख ३९ हजारभन्दा बढी आवेदकको भने हात खाली भएको हो । साहस ऊर्जा लिमिटेडले यही असोज ६ गते १० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता सेयर निष्कासन गरेको हो ।

७० लाख कित्तामध्ये तीन प्रतिशत सेयर अर्थात् दुई लाख १० हजार कित्ता कर्मचारीका लागि, पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी ६४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस