कर्पोरेट

एनसेलको ज्येष्ठ नागरिकलाई निःशुल्क सिम, अन्य विशेष योजना पनि

ncell

१७ असोज, काठमाडौं । एनसेलले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरूसहितको आकर्षक निःशुल्क सिम योजना ल्याएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसर पारेर ल्याइएको यो योजनाअन्तर्गत ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले एनसेलको सिमकार्ड निःशुल्क लिन सक्छन् । साथै, ५० रूपैयाँ वा सोभन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रूपमा पाइने सेवा–सुविधाहरूको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यो योजनाअन्तर्गत पहिलो ५० रुपैयाँ वा सोभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकले १०० एमबी डेटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् । त्यस्तै, पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकले ६ महिनासम्म विषेश छुटसहितको शुल्कमा भ्वाइस, डेटा र भारत कल सेवा लिन सक्छन् । ग्राहकले विशेष छुटअन्तर्गत एक रुपैयाँ प्रतिमिनेटमा भ्वाइस सेवा, एक रुपैयाँप्रति एमबीमा डेटा सेवा र १.९९ रुपैयाँ प्रतिमिनेटमा भारतमा कल गर्न सक्छन् ।

यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । ५० देखि ९९ रुपैयाँ सम्म रिचार्ज गर्ने ग्राहकले सात दिनको समयसीमा रहेको २०० एमबी डेटा बोनसस्वरूप प्राप्त गर्छन् । त्यस्तै, १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत ५०० एमबी डेटा पाउँछन् । २०० वा सोभन्दा बढी रिचार्ज गर्ने ग्राहकले एक जीबी डेटा बोनसस्वरूप प्राप्त गर्नेछन् । बोनसमा पाइने यी डेटाहरू सात दिनको लागि मान्य रहन्छ ।

ज्येष्ठ नागरिकले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गई सजिलै यो सिमकार्ड लिई सेवा–सुविधाको लाभ लिन सक्छन् । यो योजना यही असोज २२ गतेसम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस