समाचार

मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक किन्न पाइने

scoda

१७ असोज, काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले चाडपर्वलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ‘ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक’ नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्यूनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नेछन् ।

५० प्रतिशत डाउनपेमेन्ट गरी ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । र्‍यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको जनाएको छ ।

हरेक स्कोडाको खरिदमा निःशुल्क बिमा, निःशुल्क एसेसोरिज, एक वर्षको निःशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउन सकिने कम्पनीले जनाएको छ । नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छन् । विश्वमै लोकप्रिय टीएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस