समाचार

कोरोना संक्रमित निरन्तर घट्दै, २४ घण्टामा संक्रमितभन्दा दोब्बर बढी निको भए

corona

१७ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा दोब्बर बढी निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६७९ जना संक्रमित हुँदा १४०५ जना निको भएका हुन् । पछिल्लो २४ घण्टामा १० हजार ९२० जनामा कोरोना परीक्षण भएको थियो ।

सोही अवधिमा ७ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९७ हजार १९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ३४ जना पुगेको छ ।

संक्रमितमध्ये हालसम्म ७ लाख ६९ हजार २२४ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार १६४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८०४ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *