समाचार

बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया

Basanta Chaudhari

१७ असोज, काठमाडौं । उद्योगी तथा साहित्यकार बसन्त कुमार चौधरीको दुबईमा मुटुको सफल शल्यक्रिया भएको छ । दुबई भ्रमणमा रहेको वेला स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित नर्भिक हस्पिटलका संस्थापक समेत रहेका चौधरीको मुटुको सफल शल्यक्रिया भएको हो ।

गत मंगलबार दुबई स्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो । शल्यक्रियापछि उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो । सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा छन् । अब २ दिन सो युनिटमा राखेर उनलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए । त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भएका थिए । सो क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उनको मंगलबार शल्यक्रिया गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस