अटो

फोर्ड एभरेष्टको बुकिङ खुला, सुरुवाती मूल्य १ करोड ९९ लाख

ford

१७ असोज, काठमाडौं । नेपालका लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोबाइल्स विश्वमै पहिलो १० स्पिड अटोमेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्ट लञ्च गरेको छ । फोर्ड नेपालले  प्रिमियम एसयूभी सेग्मेन्टमा उद्देश्यमा आधारित क्षमताहरू भएको फोर्ड एभरेष्टको लञ्च गरेसँगै बुकिङ खुला गरेको छ । फोर्ड नेपालले आफ्नो अन्तर्राष्ट्रिय बजारबाट २१३ पीएस पावर र ५०० एनएम टर्क  प्रदान गर्ने नयाँ गाडी न्यू एभरेष्ट २.० लि. वाई –टर्बो को नेपाली बजारमा बुकिङ खुला गरेको घोषणा गरेको हो ।

फोर्ड एभरेष्टमा १० स्पीड अटोमेटिक ट्रान्समिसन र सेलेक्टसिफ्ट रहेको र त्यसले सजिलै गति लिन मद्दत गर्नुका साथै चाहिएको रेन्जमा गियर लक गर्ने लचकता पनि उपलब्ध गराउने जनाएको छ । यसमा ७ वटा एयरब्यागको सुरक्षा,टेरान म्यानेजमेन्ट सिस्टमको क्षमता एडप्टिभ क्रुज कन्ट्रोलको सहजता, आन्टिपिन्च सेन्सर भएको ह्यान्ड्स फ्री पावर लिफ्ट गेट, ८ इन्च टचस्क्रिन सहितकोे एड्भान्स एसवाएमसी ०३ इन्फोटेन्मेन्ट सिस्टम, डुअल जोन इलेक्ट्रोनिक अटोमेटिक टेक्परेचर कन्ट्रोल, फोर्ड माइकी लगायतको फचर रहेको फोर्डले जनाएको छ ।

नेपाली बजारमा फोर्ड एभरेष्टको शुरुवाती मूल्य १ करोड ९९ लाख रहेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस