मुख्य समाचार

विद्युत प्राधिकरणले अब इन्टरनेट र केबल तार नकाट्ने !

Nepal Electricity Authority

१७ असोज, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले केही समय इन्टरनेट (अप्टिकल फाइबर) र केबल टेलिभिजनहरुको तार नकाट्ने भएको छ । इन्टरनेट सेवा प्रदायकले सेवाशुल्क नतिरेकोभन्दै प्राधिकरणले देशका विभिन्न स्थानमा तार काटिदिएको थियो ।

‘इन्टरनेट सेवा प्रदायक र केबल टेलिभिजन व्यवसायीहरुले धेरै रकम तिरेका छैनन् । यो समस्यामा दूरसञ्चार प्राधिकरणले पनि सहजीकरण गर्ने भनेको छ। केही समय अब हामी तार काट्दैनौँ । छलफल गरेर अघि बढ्छौँ,’ प्राधिकरणका उप कार्यकारी निर्देशक मनोज सिलवालले भने । तर समस्या नसुल्झिए फेरि पनि तार काट्न बाध्य हुने उनले बताए ।

प्राधिकरण र इन्टरनेट सेवा प्रदायक कम्पनीबीच २०७५ भदौपछि दुई वर्षको पोल भाडादरबारे विवाद चुलिएको छ । त्यो समयमै व्यवसायीहरुलाई छलफलका लागि बोलाइए पनि उनीहरुको उपस्थिति नरहेको प्राधिकरणका अधिकारी बताउँछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस