समाचार

कपिलवस्तुबाट स्रोत नखुलेको २२ लाख ९१ हजारसहित युवक पक्राउ

arrest

१७ असोज, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–९ धमौली घर भएका २२ वर्षीय जीवनप्रसाद भुसाल छन् ।

पक्राउ गरिएका भुसालको साथबाट २२ लाख ९१ हजार ८ सय बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता (डिएसपी) धर्मराज भण्डारीले जानकारी दिए । सो रकम अवैध हुण्डीको भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

भुसाललाई रकमसहित आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा बुझाइने डिएसपी भण्डारीले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *