समाचार

माधव नेपाल अस्पतालबाट डिस्चार्ज, केहीदिन घरमै आराम गर्ने

madhav

१८ असोज, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको स्वास्थ्य उपचारपछि डिस्चार्ज भएर घर फर्केका छन् । नेपालको नीजि सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्य लाभ गरी आज सोमबार घर फर्केको जनाएको छ ।

अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केहीदिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने भएका छन् । चिकित्सकको सल्लाहअनुसार नै उनी केहीदिन घरमै आराम गर्नेछन् ।

रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाल असोज १३ गते त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *