
१८ असोज, काठमाडौं । इटलीको मिलान शहरको एउटा खाली भवनमा एक निजी विमान ठोक्किदा विमानमा रहेका सबै आठ जनाको मृत्यु भएको छ ।
मिलानको लिनेट विमानस्थलबाट सर्दिनिया टापुको लागि उडेको जहाज दुर्घटना भएको हो । इटालियन सञ्चारमाध्यमका अनुसार अर्बपति रोमानी पाइटल डन पेट्रेस्कु, उनको श्रीमति र छोरासहित जहाजमा सवार यात्रुको मृत्यु भएको हो ।
विमान भवनमा ठोक्किएपछि आगोलागी भएको थियो । आगोलागी भएपछि त्यहाँ पार्किङ गरिएका थुप्रै कारहरू जलेका छन् ।
दुर्घटनाको अनुसन्धान सुरु गरिएको छ ।
केही प्रत्यक्षदर्शीले सिङ्गल–इन्जिन पाइलेटस–१२ विमान खस्नुभन्दा पहिले नै आगो लागेको बताएका छन् । बीबीसी
प्रतिक्रिया दिनुहोस