
१८ असोज, काठमाडौं । फिफाका पूर्व रेफ्री लब खत्रीको निधन भएको छ ।
५० वर्षीय उनको आज विहान मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको एन्फाले जनाएको छ । पछिल्लो समय रेफ्री इन्ट्रक्टरका रुपमा काम गरिरहेका खत्री विहान मर्निङ वाक गरेर फर्किएपछि नुहाउन बाथरुम छिरेका थिए ।
बाथरुममा लडेका खत्रीलाई तत्काल मेडिसिटी पुर्याइएको थियो । उनको अस्पतालमै निधन भएको जनाइएको छ । उनकाे पार्थिव शरीर १२ः१० बाट एन्फा परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ ।
झन्डै एक दशकको खेलाडी जीवनबाट सन्यास लिएपछि खत्रीले रेफ्री पेशा रोजेका थिए । उनले झण्डै एक दशक देशी अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका कार्यरत थिए । सन् २०१८ मा उनले सक्रिय रेफ्रीबाट सन्यास लिएका थिए ।
उनले रेफ्री संघको महासचिवको पद सम्हालीसकेका थिए । उनका श्रीमती र एक छोरा छन् ।
प्रतिक्रिया दिनुहोस