बलिउड / हलिउड

लागुपदार्थ प्रकरणमा शाहरुखका छोरा पक्राउपछि भेट्न गए सलमान

salman meets shahrukh son

१८ असोज, काठमाडौं । ‘मुम्बई क्रुज ड्रग्स छापा’मा मुछिएपछि भारतको नार्कोटिक्स कन्ट्रोल ब्युरोले शनिबार शाहरुखका छोरा आर्यन खानलाई लागुपदार्थ प्रकरणमा पक्राउ गरेको छ । आर्यनलाई पक्राउ गरेपछि आइतबार राती अभिनेता सलमान खान शाहरुखको बंगला मन्नत पुगेका थिए। सलमान अचानक शाहरुखको घरमा उनलाई भेट्न पुगेको इन्डिया टुडेले जनाएको छ ।

अष्ट्रियामा आफ्नो नयाँ फिल्म ‘टाइगर ३’को सुटिङ सक्काएर सलमान केही दिनअघि मात्र भारत फर्किएका थिए । यता आर्यनलाई एनसीबीले पक्राउ गरेपछि उनले यो घटनाक्रममा नजर राखिरहेका छन् । स्रोतका अनुसार आइतबार राती सलमान केबल शाहरुखलाई समर्थन गर्न उनको घर गएका हुन् । सलमानको अपार्टमेन्ट मन्नतभन्दा केही दुर मात्र टाढा छ ।

इडिन्या टुडेका अनुसार सलमान र शाहरुख आफ्ना आउँदो नयाँ फिल्महरुमा सँगै देखिने छन् । सलमानको फिल्म ‘टाइगर ३’मा शाहरुखले क्यामियो गर्नेछन् । यसैगरी शाहरुखको नयाँ फिल्म ‘पठान’मा पनि सलमानलाई क्यामियोको रुपमा देखिने हल्ला छ । तै सलमानको सो भेटमा कामको कुरा नभएको स्रोतले जनाएको छ ।

सलमान र शाहरुखको मित्रता केही वर्ष यतादेखि गहिरो हुन थालेको हो । यसअघि मनमुटावको कारण यी दुई अभिनेताको बोलचाल समेत हुँदैन थियो । सलमानसँगै अहिले बलिउडका अन्य ठूला सुपरस्टारहरुले शाहरुखलाई फोन गरेर उनलाई समर्थन व्यक्त गरिरहेका छन् ।

लागुपदार्थ प्रकरणमा आर्यनसँगै उनका दुई साथी अर्बाज मर्चेन्ट र मुनमुन धामेचापनि पक्राउ परेका छन् । यी तीनजनालाई आज अदालतमा पेश गरिने छ । आर्यनका वकिल सतीश मनेशिन्देले उनलाई जमानतमा छुट्टाउनका लागी आवेदन दिने बताएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *