१८ असोज, काठमाडौं । भारतको उच्च अदालतले कोभिडबाट मृत्यु भएका प्रत्येक व्यक्तिका परिवारलाई ५० हजार भारु क्षतिपूर्ति दिने निर्णयलाई स्वीकृत गरेको छ । भारतको प्रकोप व्यवस्थापन कानुन अन्र्तगत मृतकलाई क्षतिपूर्ति दिन वकिलहरुले बुझाएको आवेदनपछि उच्च अदालतले यस्तो निर्देशन दिएको हो ।
भारतमा कोभिडका कारण हालसम्म ४ लाख ४७ हजारले ज्यान गुमाएका छन् । तर, विज्ञहरुले वास्तविक तथ्यांक योभन्दा दश गुणा बढी हुन सक्ने बताइरहेका छन् । सोमबार यसबारे घोषणा गर्दै जस्टिस एमआर शाहले आवेदन दिएको एक महिना भित्रै मृतकका परिवार या आफन्तले क्षतिपूर्ति रकम प्राप्त गर्ने बताएका हुन् ।
यसमा सरकारले कति खर्च गर्नुपर्ला भन्ने चाहिँ स्पष्ट नभएको बताइएको छ । कर्नाटकलगायत केही स्टेटले कोभिडबाट मृत्यु भएका गरिब परिवारलाई एक लाख भारतीय रुपैँयासम्म क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन् । बीबीसी