समाचार

पर्सामा १० किलो चरेससहित दुईजना पक्राउ

arrest

१८ असोज, पर्सा । पर्साको जगरनाथपुर गाउँपालिका २ बाट सशस्त्र प्रहरीले करिब १० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही पर्साकै जिराभवानी गाउँपालिका ३ हरैया बस्ने १८ वर्षीय सुनील माझी र १६ वर्षीय किसन माझी रहेका छन् ।

उनीहरूलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट भिखमपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरूको साथमा चरेस फेला पारेपछि पक्राउ गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

पक्राउ परेकाहरूलाई बरामद चरेस र मोबाइल सेटसहित आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *