समाचार

पारस शाहको पोखरास्थित फ्ल्याटमा चोरी, कामदार काठमाडौंबाट पक्राउ

paras shah

१८ असोज, काठमाडौं । पूर्वयुवराज पारस शाहको पोखरास्थित फ्ल्याटमा चोरी गर्ने एकजना काठमाडौंबाट पक्राउ परेका छन् ।

उनको फ्ल्याटमा चोरी गरेको आरोपमा काठमाडौं महानगरीय प्रहरी परिसरले काठमाडौंबाट पक्राउ गरेको हो । शाहको पोखरास्थित फ्ल्याटबाट आइप्याड, क्यामेरा, मोबाइललगायतका सामग्री चोरी भएको थियो ।

पोखराको लेकसाइडमा रहेको फ्ल्याटबाट दुई दिनअघि चोरी भएको थियो । काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा बाराका शुभ गौतम रहेका छन् । उनलाई काठमाडौंको गोंगवु क्षेत्रबाट पक्राउ गरिएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस