
१८ असोज, काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप डाउन भएको छ । सोमबार राति सवा ९ बजेपछि फेसबुकसँगै ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरको सेवा एक्कासी अवरुद्ध भएको हो ।
नेपाल सहित विभिन्न देशमा फेसबुक, म्यासेञ्जर, ह्वाट्सएप र इन्स्टाग्रामको सेवा पूर्णतः बन्द भएको छ । डाउन डिटेक्टरमा गरिएको रिपोर्ट अनुसार नेपाल सहित एसिया, अमेरिका, युरोप लगायतका विभिन्न देशमा कम्पनीको सेवा अवरुद्ध भएको हो ।
डाउन डिटेक्टरमा ठूलो संख्यामा प्रयोगकर्ताले फेसबुक डाउन भएको रिपोर्ट गरेका छन् । फेसबुकको सेवा अवरुद्ध भएको केही मिनेटमै हजारौले त्यसको रिपोर्ट डाउन डिटेक्टरमा गरेका हुन् । यस विषयमा फेसबुक र ह्वाट्सएपले ट्विटरमा यस बारे गरेको अपडेट :
We’re aware that some people are having trouble accessing our apps and products. We’re working to get things back to normal as quickly as possible, and we apologize for any inconvenience.
— Facebook (@Facebook) October 4, 2021
We’re aware that some people are experiencing issues with WhatsApp at the moment. We’re working to get things back to normal and will send an update here as soon as possible.
Thanks for your patience!
— WhatsApp (@WhatsApp) October 4, 2021