समाचार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते

accident

१९ असोज, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–३, कौशलटारमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।

ना३२प ६६ ७३ नम्बरको मोटरसाइकल गए राति करिब साढे ११ बजे कौशलटारनजिकै आफैँ अनियन्त्रित भई रेलिङमा ठोक्किँदा मोटरसाइकल चालक पर्साको हरिनाथगन्जका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार पर्साकै वीरगन्जका नेपाल प्रहरीमा कार्यरत सियाराम सिंह गम्भीर घाइते भएका छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको र मोटरसाइकल नियन्त्रणमा रहेको महानगरीय प्रहरी प्रभाग बालकोटले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *