समाचार

काठमाडौंमा डेंगुका बिरामी बढे

dengue

१९ असोज, काठमाडौं । काठमाडौं उपत्यकामा डेंगुका बिरामीको संख्या बढ्न थालेको छ ।

निरन्तरको वर्षासँगै काठमाडौंमा डेंगुको बिरामीको संख्या बढ्न थालेको हो । डेंगुको बिरामीको संख्या बढ्न थालेपछि काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाले चेतनामूलक कार्यक्रम गर्न थालेको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर–२९ मा मात्र १० जनालाई डेंगुको संक्रमण देखिएको वडाध्यक्ष कुश ढकालले बताए । कालिकास्थान, घट्टेकुलोलगायत क्षेत्रमा डेंगुको जोखिम देखिएको उनले जानकारी दिए ।

घरको कौसी, चौर र बाटोमा जमेको पानी हटाउन सचेत गराउनका लागि माइकिङ पनि गरिएको उनले बताए ।

कुनै ठाउँमा सफा पानी दुई दिनदेखि तीन दिनसम्म रहे डेंगु फैलाउने एजिप्टाई लामखुट्टेले फुल पार्न सक्ने र त्यसरी जन्मने सबै लामखुट्टेमा भाइरस हुने चिकित्सकहरूले जनाएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस