समाचार

एक लाख ६० हजारमा ‘आफ्नै श्रीमतीलाई वेश्यालयमा बिक्री’

pakrau

१९ असोज, काठमाडौं । एक लाख ६० हजार रुपैयाँ लिएर आफ्नै श्रीमती बेचबिखन गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । प्रहरीका अनुसार ३४ वर्षीय चन्द्रबहादुर तामाङ (नाम परिवर्तन)ले २६ वर्षीया श्रीमतीलाई सो रकम लिएर बेचेका हुन् । उनीहरूका पाँच सन्तान छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ०७१ सालमा एक लाख ६० हजार रुपैयाँ लिई श्रीमान्ले श्रीमतीलाई एकजनाको जिम्मा लगाएका थिए । सोही क्रममा पासाङ तामाङले काम लगाइदिन्छु भनी बालाजुको होटेलमा लगी एक महिलाको जिम्मा लगाएको खुलेको छ ।

ब्युरोका अनुसार ती महिलाले घरायसी काममा मासिक १० हजार दिन्छु भन्दै आफ्नो कोठामा लगेर तीन दिनसम्म राखी भिनाजु भनिएका व्यक्तिलाई बोलाई जिम्मा लगाएर पठाएको अनुसन्धानबाट खुलेको छ । उनै भिनाजुले सुनौली नाका हुँदै रेलमार्गबाट भारतको नयाँ दिल्लीस्थित म्हेन्डो तामाङको घरमा पुर्‍याएको र म्हेन्डो तामाङले तीन दिनसम्म आफ्नो घरमा राखी एकजना मान्छेको जिम्मा लगाएर आग्रामा रहेको वेश्यालयमा पुर्‍याई आठ महिनासम्म वेश्यावृत्तिमा लगाएको पाइएको छ ।

नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा ०७८ जेठ ३१ गते उनको उद्धार गरिएको थियो । फरार प्रतिवादीमध्ये श्रीमान्सँगै नुवाकोटको साबिक घ्याङफेदी गाविस वडा नम्बर–५ का पासाङ तामाङलाई समेत ब्युरोले पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस