स्वास्थ्य

नर्भिकमा मूत्र र श्वासप्रश्वास रोगको निःशुल्क ओपीडी हुने

norvic hospital

१९ असोज, काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार दुई फरक विज्ञहरुको टिमले निःशुल्क सेवा दिने भएको छ । नर्भिक अस्पतालमा रहेको यूरोलोजिष्टको टिम र श्वासप्रश्वास विशेषज्ञको टिमले निःशुल्क ओपीडी संचालन गर्ने भएको हो ।

यूरोलोजिष्टको पूरा टिम नै सहभागी भई निःशुल्क ओपीडी सेवा संचालन गरिने अस्पतालले जनाएको छ । यो टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म मूत्र तथा मूत्रनलीसँग सम्बन्धित समस्या भएकाहरुको निःशुल्क जाँच गर्नेछ ।

यस्तै, बिहान १० देखि १२ बजेकै समयमा अस्पतालका छात्ती तथा श्वासप्रश्वास रोग विशेषज्ञ डा. अच्युत भक्त आचार्यले निःशुल्क ओपीडी संचालन गर्नेछन् । छात्ती तथा श्वासप्रश्वाससँग सम्बन्धित समस्या भएकाले डा. आचार्यको ओपीडी क्लिनिकमा सहभागी भएर लाभ लिन सक्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *