समाचार

ललितपुरमा आजदेखि १८ वर्षमाथिका सबैलाई कोरोना विरुद्धको खोप दिइँदै

corona khop

२० असोज, काठमाडौं । ललितपुर जिल्लामा आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप दिइँदै छ । जिल्लाअन्तर्गतका खोप केन्द्रहरूबाट ललितपुरवासीलाई भेरोसेल खोप दिन लागिएको हो ।

जिल्ला खोप समन्वय समितिको निर्देशनानुसार १८ वर्षमाथि उमेर समूहका सबैलाई भेरोसेलको पहिलो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । चाडपर्वको समयमा भिडभाड बढ्न सक्ने र कोरोना फैलन सक्ने कुरालाई मध्यनजर गर्दै सबैलाई खोप दिने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

महानगरभित्र २९ वटा र नगरले तोकेका आफूलाई पायकपर्ने स्थानमा गएर खोप लिन सकिनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस