समाचार

अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन प्रहरीलाई प्रधानमन्त्रीको सुझाव

deuba

२० असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन नेपाल प्रहरीलाई सुझाव दिएका छन् ।

६६औँ प्रहरी दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको अवस्थामा संगठित एवं विद्युतीय सञ्जालमा आधारित भएर विश्वभरि फैलिएका अपराधका नयाँ प्रवृत्ति र शैलीप्रति चनाखो रहन सुझाव दिएका हुन् ।

संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा सुरक्षा निकायलाई सक्षम, निष्पक्ष, पारदर्शी र उत्तरदायी रूपमा सञ्चालन गर्दै सुरक्षा अंगको व्यावसायिकतामा जोड दिने रहेको उनले बताए ।

प्रहरीको मनोबल उच्च बनाउने र साधन–स्रोत उपलब्ध गराउने कुरामा सरकार संवेदनशील रहेको उनले उल्लेख गरे । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले नयाँ चुनौती सामना गर्न प्रहरीलाई सरकारको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस