समाचार

आज रातिदेखि डीभी आवेदन खुल्दै, पाँच कुरामा ध्यान दिन दूतावासको सुझाव

American flag

२० असोज, काठमाडौं । सन् २०२३ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन आज (असोज २० गते) राति ९ः४५ बजेबाट खुल्ने भएको छ । डीभीका लागि आवेदन कात्तिक २३ गतेसम्म दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

दूतावासले आवेदन दिँदा पाँच कुराहरूमा ध्यान दिन आग्रह गरेको छ । दूतावासले निर्देशनहरूलाई ध्यानपूर्वक पालना गर्न, आवेदनमा आफ्नो परिवारका सबै सदस्यहरूको विवरण उल्लेख गर्न, विगत ६ महिनाभित्र खिचिएको फोटो प्रयोग गर्न, वैध, म्याद नसकिएको राहदानीको विवरण उल्लेख गर्न र स्पन्सर लगायत अनावश्यक कागजात र सेवाहरूका लागि शुल्क नतिर्न सुझाव दिएको छ ।

डीभीको आवेदन निःशुल्क भर्न सकिन्छ । नेपालस्थित अमेरिकी दूतावासको वेबसाइटमा गएर थप जानकारी लिन सकिने दूतावासले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस