मनोरञ्जन ताजा समाचार

‘माया पिरेम’ को भिडियोमा साम्राज्ञी

maya pirem

२० असोज, काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित म्युजिक भिडियो ‘माया पिरेम’ सार्वजनिक भएको छ ।

बुधबार एक कार्यक्रमका बिच भिडियो सार्वजनिक गरिएको हो । चर्चित गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वर, डिपी खनालको शब्द रहेको गीतमा शंकर थापा स्माइलको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ ।

गीतको भिडियोमा साम्राज्ञीको अलवा अलिशा शर्मा र नव–कलाकार देलविस दर्शनधारी, राज रोहन तुम्बाहाङ्फेको अभिनय छ ।  थुप्रै कोरस समेत प्रयोग गरिएको भिडियो निर्माण र साम्राज्ञीको अभिनय सामान्य छ ।

माइकल चन्दको निर्देशक रहेको भिडियोमा उत्सव दाहालको छायाँकन र शिलोन लम्सालको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *