
२० असोज, मुम्बई । हिन्दुहरूको पौराणिक ग्रन्थ रामायणमा आधारित भएर बनेको टेलिभिजन श्रृंखला ‘रामायण’ मा रावणको भूमिका निर्वाह गरेका भारतीय कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ ।
टाइम्स अफ इन्डियाका अनुसार ८२ वर्षीय त्रिवेदीको मंगलबार मुम्बईमा निधन भएको हो । पछिल्लो केही समयदेखि उनी अस्वस्थ थिए। हृदयघात भएर शरिरका विभिन्न अंगले काम गर्न छोडेपछि उनको निधन भएको हो ।
४० वर्ष गुजराती फिल्ममा काम गरेका त्रिवेदीले हिन्दी र गुजराती गरी झन्डै तीन सय फिल्ममा अभिनय गरेका थिए । उनी सन् १९९१ मा भारतीय जनता पार्टीबाट लोक सभा सदस्य पनि बनेका थिए ।
प्रतिक्रिया दिनुहोस