समाचार

ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

accident

२१ असोज, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१६, लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र संखुवासभाको चिचिला गाउँपालिका–२ का २० वर्षीय विभीषण विक रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए । घाइते दुवैजनालाई उपचारका लागि कोसी अस्पताल विराटनगर लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि कोसी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ का ३१ वर्षीय अर्जुन गिरी प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस