समाचार

प्रधानमन्त्री देउवाले दिए दसैँको शुभकामना

dashain

२१ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको शुभकामना दिएका छन् । आजदेखि विजयादशमी पर्व सुरु भएको उल्लेख गर्दै उनले शुभकामना व्यक्त गरेका हुन् ।

कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि उनले सबैमा अनुरोध गरेका छन् ।

“नेपालीहरूको महान् पर्व विजयादशमी आजदेखि सुरु भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सु–स्वास्थ्यको शुभकामना व्यक्त गर्दछु,” बिहीबार बिहान प्रधानमन्त्री देउवाले ट्विटमा लेखेका छन्, “साथै, कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्डको पालना गरेर पर्व मनाउन पनि सबैमा अनुरोध गर्दछु ।”

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस