मनोरञ्जन ताजा समाचार

मञ्जुको नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक (भिडियो)

mero najar

२१ असोज, काठमाडौं । गायिका मन्जु उपासनाले दसैँको अवसर पारेर नयाँ गीत ‘मेरो नजर’ सार्वजनिक ल्याएकी छन् ।

सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा नवराज पोखरेलको शब्द रहेको छ । गीतमा सुदीप सागरको एरेन्ज छ । गीतको आकर्षक भिडियो समेत निर्माण गरिएको छ । जसमा गीता ढुङ्गाना, अञ्जु सुनार, मनकुश राई र आर्यन राईको अभिनय छ ।

गीतको भिडियो एचबी सुनारले निर्देशन गरेका हुन् । भिडियोमा दिनेश मुस्कानको छायाँकन तथा सम्पादन छ । गीतको भिडियोमा कलाकारलाई मज्जैले नचाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस