समाचार

यात्रुवाहक सवारीसाधनलाई रुट परमिट खुला

Kalanki Kathmandu Ring Road

२१ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले आजदेखि रुट परमिट खुला गरेको छ । दसैँको घटस्थापना सुरु भएसँगै यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्न रुट परमिट खुला गरिएको हो ।

यातायात व्यवस्था विभागमा प्रवक्ता लोकनाथ भुसालले यात्रुवाहक सवारीसाधनको रुट सीमित नगरी सबै रुटमा जान सक्ने व्यवस्था मिलाइएको बताए ।

‘‘सार्वजनिक यातायातले आजदेखि जुनसुकै रुटमा पनि सवारी चलाउन पाउनेछन् । दसैँ नजिकिएसँगै गाउँ जाने यात्रुहरू बढेका छन् । यात्रुको चाप हेरेर रुट परिवर्तन गर्ने सकिनेछ,” प्रवक्ता भुसालले भने ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस