समाचार

सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

Nagdhungga Naubise Jam

२१ असोज, धादिङ । गल्छी गाउँपालिका वडा नम्बर–७ स्थित गल्छीमा गए रातिदेखि सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

सडक विभाग र स्थानीयवासीको संयुक्त प्रयासले पहिरो पन्छाउने काम जारी रहेको गल्छी–७ का वडाध्यक्ष हरि खतिवडाले जानकारी दिए ।यातायात अवरुद्ध हुँदा दसैँका लागि घर हिँडेका यात्रुले सास्ती व्यहोर्नुपरेको छ ।

यातायात साधन नचल्दा १० किलोमिटर लामो लाम लागेको छ । यसैगरी, नौबिसे–नागढुंगा सडकमा सवारीसाधन बिग्रिएका कारण यातायात अवरुद्घ भएको छ । सवारीसाधनको चाप भएका कारण यातायात जाम भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *