बलिउड / हलिउड

दीपावलीपछि रिलिज हुँदै ‘सूर्यवंशी’

sooryavanshi movie

२१ असोज, मुम्बई । महाराष्ट्रमा हलहरू खोल्ने अनुमति दिइएसँगै धमाधम चलचित्रहरूको रिलिज मिति घोषणा भइरहेको छ । यसैबीच दीपालीको सुरुवात अभिनेता अक्षय कुमारको बहुप्रतीक्षित चलचित्र ‘सूर्यवंशी’ बाट हुने भनिएको थियो ।

यद्यपि अब यो चलचित्र दीपालीमा नभई त्यसको भोलिपल्ट रिलिज हुने भएको छ । अर्थात रोहित सेट्टीको निर्देशन रहेको यो चलचित्र अब नोभेम्बर ५ मा रिलिज हुने पक्का भएको छ ।

दीपावलीको दिन सबैजना आ–आफ्नै घर–घरमा पुजामा व्यस्त हुने भएकाले हल गएर चलचित्र हेर्ने समय नहुने भन्दै निर्माण टिमले यो निर्णय लिएको हो । धेरै पटक पोस्टपोन्ड भैसक्दा पनि दर्शकमा यो चलचित्रप्रति चासो धेरै देखिएकाले चलचित्रले पहिलो दिनमै राम्रो कमाइ गर्ने आंकलन ट्रेड एक्सपर्टहरूले गरेका छन् ।

यसका साथै ‘सूर्यवंशी’ ले बलिउड धमाकासँग फर्किएको छ भन्ने संकेत पनि गर्ने बताइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *