
२२ असोज, काठमाडौं । उदयीमान गायक सागर धिमालले दसैँ–तिहारको अवसरमा दसैँको अवसरमा ‘हर्षमय’ गीत सार्वजनिक गरेका छन् । ‘हर्षमय बनोस्, खुसीमय बनोस् दशैं र तिहार..’ बोलको यस गीतलाई धिमाल आफैंले कम्पोज गरेका हुन् ।
गीतको शब्द हरि गजुरेलले लेखेका हुन् । त्यसैगरी सरोज विष्टले गीतलाई एरेन्ज गरेका छन् । गीतको भिडियोमा सागर धिमाल, हरि गजुरेल, राजेश खत्री, सुदीप अधिकारी, नमराज बुढा, सुवास धिमाल, विशाल काफ्लेलगायत देखिएका छन् ।
गीतको भिडियो अनिश तिमल्सिनाले खिचेका हुन् । अभिषेक राजोपाध्यायले भिडियो सम्पादन गरेका छन् । त्यसैगरी राम तामाङले यसको निर्देशन गरेका छन् ।
प्रतिक्रिया दिनुहोस