मुख्य समाचार

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता : आजै मन्त्रिपरिषद् विस्तारको तयारी

Sher Bahadur Deuba Bidya Devi Bhandari

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नियमित भेट भन्दै भएको भेटवार्तामा प्रधानमन्त्रीले राष्ट्रपतिलाई आजै मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएका छन् ।

देउवाले मन्त्रीको नाम अझै टुंगो लागिनसकेको जानकारी दिँदै टुंगो लाग्नासाथ औपचारिक सिफारिस गर्ने बताएका छन् । “सके ३–४ बजे होला नभए साँझ ८–९ बजेसम्म भए पनि मन्त्रीहरुको सपथ आजै हुन्छ होला,” राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले घटस्थापनाकै साइतमा मन्त्रिपरिषद् विस्तारको तयारी गरेको भए पनि आफ्नै दल र विभिन्न पार्टीबाट नाम आउन ढिला हुँदा मन्त्रिपरिषद् विस्तार रोकिएको जानकारी दिएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *