मुख्य समाचार

थपिए ७६४ कोरोना संक्रमित, १० जनाको मृत्यु

dang corona vaccine

२२ असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७६४ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार ६८८ वटा नमुनाको परीक्षण गर्दा ७६४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

त्यस्तै आज एक हजार ३३ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस