विश्व/प्रवास

याे वर्षकाे नाेबेल शान्ति पुरस्कार फिलिपिन्स र रुसका पत्रकारलाई

santi puraskar

२२ असोज, काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कार मारिया रेस्सा र दिमित्री मुरातोवले पाउने भएका छन् ।

नोबेल पुरस्कारको कमिटीले शुक्रबार यसको घोषणा गरेको हो । पुरस्कार विजेता दुवै पत्रकार हुन् । दुवैले अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि गरेको योगदान स्वरुप यो पुरस्कार दिइएको हो । नोबेल पुरस्कारको तर्फबाट गरिएको ट्वीटमा भनिएको छ – दुवैले अभिव्यक्ति स्वतन्त्राको रक्षाका गर्ने प्रयास गरेका छन् जुन लोकतन्त्र र शान्तिको एक जरुरी शर्त हो ।’

मारिया रेस्सा फिलिपिन्सकी चर्चित पत्रकार हुन् जसले रेपलर नामको वेबसाइट चलाउँछिन् । सरकारसँग कडा प्रश्न गरेका कारण उनले फिलिपिन्समा कयौँ अप्ठ्याराहरु भोग्नु परेको छ । रेस्साको जन्म फिलिपिन्समा भए पनि उनी सानैमा अमेरिका पुगेकी थिइन् । त्यहाँ उनले प्रिन्सटन विश्वविद्यालयमा अध्ययन गरेकी थिइन् ।

दिमित्री मुरातोव पनि पत्रकार हुन् र उनले नोवाजा गजेता नामको एक स्वतन्त्र अखबारको स्थापना गरेका छन् । उनी दशकौँदेखि रुसमा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज उठाइरहेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस