मुख्य समाचार

देउवा नेतृत्वको मन्त्रिमण्डलमा ६ जना महिला

sapatth

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले ८८ दिनमा पूर्णता पाएको छ । देउवाको मन्त्रिपरिषद्मा २४ मध्य ६ जना महिला मन्त्री बनेका छन् ।

महिला मन्त्री बनाउनेमा सबैभन्दा अघि नेकपा माअ‍ोवादी केन्द्र देखिएको छ । माओवादी केन्द्रले राज्यमन्त्रीसहित ६ जना मन्त्री पाउँदा तीनजना महिला बनाएको छ । यसअघि नै पम्फा भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनाएको माअ‍ोवादी केन्द्रले सोमबार विस्तारित मन्त्रिपरिषद्मा थप दुईजना महिला मन्त्री पठाएको हो । माअ‍ोवादीको सिफारिसमा परेकी शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन् भने बोधमाया कुमारी यादव शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी छन् ।

सरकारको नेतृत्व गरेको कांग्रेसले महिला आन्दोलनबाट आएकी नेतृ उमा रेग्मीलाई मन्त्री बनाएको छ । ४८ सालमै सांसद बनेकी रेग्मीलाई मन्त्रीपरिषद्को वरीयता भने १६औँ नम्बरमा राखिएको छ । नेकपा एसले रामकुमारी झाँक्रीलाई मन्त्रि बनाएको छ । उनी सहरी विकास मन्त्री भएकी छन् । यस्तै, जनता समाजवादी पार्टीले रेनुकुमारी यादवलाई मन्त्री बनाएको छ । उनले मालदार मानिने भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको नेतृत्व पाएकी छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस