मुख्य समाचार

सरकारले पूर्णता पाएपछि मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

sapatth

२२ असोज, काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृतवको सरकारले ८८ दिनपछि पूर्णता पाएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीनजना भने राज्यमन्त्री छन् । उनीहरू मन्त्रीपरिषदको बैठकमा सहभागी हुन पाउने छैनन् । देउवा नेतृत्वको सरकारको पूर्णतापछि पहिलो मन्त्रिपरिषद् बैठक बस्न लागेको छ ।

मन्त्रिपरिषद्को स्वाभाविक एजेण्डा नवनियुक्त मन्त्रीहरूलाई बधाइ दिनु हो । सँगै प्रधनमन्त्री शेरबहादुर देउवाले नवनियुक्त मन्त्रीहरूलाई मन्त्रिपपरिषद्मा स्वागत गर्दै सरकारको प्रभावकारिताका लागि निर्देशन दिने छन् ।

तर, त्यसबाहेकका एजेण्डा भने सार्वजनिक गरिएको छैन ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस