सेयर मार्केट

हिमालयन बैंकले सेयरधनीलाई २६% लाभांश प्रदान गर्ने

himalayan bank

२२ असोज, काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

असोज २० गते बसेको बैंकको संचालक समितिको ४१२ औं बैठकले बैंकको आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २१.३८% बोनस सेयर र ४.६२% नगद लाभांश गरी कुल २६% लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

संचालक समितिको यस निर्णयलाई नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लागू हुने बैंकले जनाएको छ । बैंकले घोषणा गरेको यो लाभांश विगत तीन वर्ष यता कै उच्च रहेको पनि बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस