समाचार

प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री कार्की

Gyanendra Karki

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस स्वतन्त्रताको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा पदबहालीपछि मन्त्री कार्कीले लोकतन्त्रमा प्रेस स्वतन्त्रतता आवश्यक रहेको भन्दै सरकार यस विषयमा प्रतिबद्ध रहेको बताएका हुन् । उनले सञ्चारमाध्यमको विकृतिलाई रोक्दै समाजलाई सकारात्मक दिशामा अघि बढाउनुपर्ने बताए ।

त्यस्तै उनले सरकारको कामकारबाहीलाई पारदर्शी बनाउन सूचना प्रविधीको उच्च प्रयोग अपरिहार्य रहेको बताए । मन्त्री कार्कीले डिजिटल हस्ताक्षर गर्दै पदबहाली गरेका थिए । यसअघि उनी कानुमन्त्री थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस